औरहीमा न्यायिक समितिले सुरु गर्यो काम, अध्यक्ष यादव भन्छन्- अब गाउँमै न्याय दिन्छौं


सिरहा । औरही गाउँपालिकाले न्यायिक समिति कार्य सञ्चालनको सुरुवात गरेको छ । शुक्रवार एक समारोहबीच गाउँपालिका अध्यक्ष शिवजी यादवले न्यायिक समिति कार्य सञ्चालनको समुद्घाटन गरे ।

अध्यक्ष यादवलेअब पीडितले गाउँमै न्याय पाउने विश्वास व्यक्त गरे। उनले भने, ‘अब गाउँपापिलका न्याय दिन सक्षम भएको छ । जनप्रतिनिधिहरु समक्षम छन् । अब पीडितहरु भौतिरिनेछैन ।’ कानून बमोजिम पीडितले न्याय र पीडकलाई कारबाही हुने उनको भनाई छ ।

यसअघिका जनप्रतिनिधिले न्यायिक समिति समेत गठन गर्न सकेको थिएन । जसका कारण समस्यामा परेका वा विभिन्न कारणले पीडित बनकोहरु प्रहरी कार्यालय र अदालत न्यायका लागि जाने गरको थिए । तर अध्यक्ष यादव निर्वाचित भएलगत्तै न्यायपालिका चाँडै गठन गरी कार्य प्रारम्भ गर्ने प्रतिवद्धता जनाएका थिए र शुक्रवारबाट प्रारम्भ समेत गरिसके ।

अध्यक्ष यादवलेन्यायिक समितिलेनिष्पक्ष न्याय दिने आश्वास्त पारे। उनले समितिका पदाधिकारीलाई समते कानून मिचेर फसै ला नगर्न सुझाए । न्यायिक समितिको अध्यक्ष समेत रहकेकी गाउँपालिका उपाध्यक्ष रण्ोु यादवले पीडितलाई न्याय पाएको महसुस हुनेगरी कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा वडाध्यक्षहरुले पनि कससँग भेदभाव नहुनेगरी न्याय दिन समितिलाई सुझाव दिएका छन् ।

प्रकाशित : २०७९ श्रावण २१, शनिबार १०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ