सुनचाँदी पसल लुट्ने पक्राउ, लुटेका सुनचाँदी पनि भेटियो


सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराका लक्ष्मण बिकको औलिया ज्वलर्समा सुनचाँदी लुटपाट गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेका छन् ।

हिजो राती १ तला भएको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी लुटेको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएको थियो ।

घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरी चोरी भएको २४ घण्टा नबित्दै हिजो दिउँसो साढे २ बजे लुटपाटमा संलग्न सम्लग्नलाई पक्राउ गर्न सफल भएको छ ।

अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका अनिल बराईलीको घरकोठा भित्र खानतलासी लिदाँ दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको लुटेको सुनका गरगहनाहरु ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो ।

लुटिएका सुनको गरगहनाहरु बरामद भएसंगै अनिल बराईलीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७९ श्रावण २१, शनिबार १०:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ