‘मंसिर ४ गते रविबार र एकादशी परेछ, मासुभातले काम गर्दैन’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले यसपटकको निर्वाचन एकादशीका दिन परेको भन्दै मासुभातले भोट किन्न नसकिने बताएका छन् ।

पार्टीको लुम्बिनी प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै लामिछानेले सारा दुस्ख बिर्सिएर मासुभात र पैसामा नबिक्न पनि मतदातालाई आग्रह गरे ।

‘चुनाव आएपछि हामी मासुभातमा बिक्छौँ भन्ने आरोप पनि लाग्ने गरेको छ। तर यसपालिको चुनाव एकादशीको दिन पो परेछ,’ उनले भने, ‘यसपालिको चुनाव आइतबार परेछ, आइतबारलाई रविबार पनि भन्ने गरिन्छ ।’

उनले पटकपटक प्रधानमन्त्री भइसकेका नेता पनि आउँदो चुनावमा किन लड्न लागेको भन्दै प्रश्न गरेरु लामिछानेले अझै प्रधानमन्त्री बन्ने लोभमा उनीहरु चुनाव लड्न खोजेको भन्दै आपत्ति जनाए ।

‘यो चुनावमा ६(६ जना पूर्वप्रधानमन्त्रीहरु फेरि प्रधानमन्त्री बन्नका लागि चुनाव लड्दैछन्। अहिलेसम्म के गरे र फेरि जितेर गए के गर्छन्रु’ उनले भने, ‘अब उहाँहरुलाई मंसिर ४ पछि घरमै आराम गर्ने अवस्थामा पुर्‍याउनुपर्छ ।’

हरेक चुनावमा दलहरुले आश्वासनको पोका बाँड्ने गरेको भन्दै लामिछानेले अब त्यो पोको खोलेर प्रश्न सोध्न नागरिकलाई आग्रह गरे ।

प्रकाशित : २०७९ श्रावण २१, शनिबार १९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ