राष्ट्रपति भण्डारीद्वारा प्रदिप गिरीको स्वास्थ्य लाभको कामना


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेका छन् ।

राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा. गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन् ।

ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाएको जानकारी दिए ।

प्रकाशित : २०७९ श्रावण २२, आईतवार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ