रोकेर राखेको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई ज्ञापन-पत्र


काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई छिटो प्रमाणीकरण गर्न नागरिकताविहीन संघर्ष समिति नेपालले माग गरेको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आज ज्ञापन पत्र बुझाउँदै उनीहरूले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गरेका हुन् ।

राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफीसहित टोलीले शितल निवास पुगेर राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईमार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका हुन् ।

दुवै सदनबाट पारित विधेयक सभामुखले राष्ट्रपति कार्यालय पठाइसकेका थिए ।

प्रकाशित : २०७९ श्रावण २२, आईतवार १६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ