देशका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।

आज बिहान प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली भएको छ । साथै देशका बाँकी भू-भागमा भने आंशिक बदली भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १ का केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सोमबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली हुनेछ ।

त्यस्तै, प्रदेश १, बागमती प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रकाशित : २०७९ श्रावण २३, सोमबार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ