केपी ओली चढेको हेलिकप्टर किन भयो आकस्मिक अवतरण ?


काठमाडौं । पार्टीको कार्यक्रमका लागि रौतहट जाने क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर सिमरा एयरपोर्टमा आकस्मिक अवतरण भएको छ ।

हावाहुरीका कारण सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको बारा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए । करिब आधा घण्टा विमानस्थलमै रोकिएपछि ओली रौतहट प्रस्थान गरेका उनले बताए ।

प्रकाशित : २०७९ श्रावण २३, सोमबार १७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ