जनैपूर्णिमा पर्व मनाउन दुई दिन सार्वजनिक बिदा !


काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक सङ्घरसंस्था र स्वास्थ्य संस्था बन्द हुने छन् ।

गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा हरेक जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नारायणथान जात्राको रुपमा समेत परिचित सो जात्रा मनाउन तेमाललगायत आसपासका क्षेत्रका बासिन्दाको समेत सहभागिता रहँदै आएको छ । परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए ।

“जनैपूर्णिमाको अवसरमा नारायणस्थान मन्दिरमा धार्मिक अनुष्ठानसमेत हुने भएकाले बिदा दिने निर्णय गरेका हौँ”, उनले भने ।

प्रकाशित : २०७९ श्रावण २५, बुधबार ०७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ