पर्साबाट १४४ किलो गाँजा बरामद


काठमाडौं । सशस्त्र प्रहरीले पर्साबाट १४४ किलो गाँजा बरामद गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट हिजो राति प्रहरीले करिब १ सय ४४ किलो गाँजा बरामद गरेको छ ।

सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजाको १० वटा प्याकेट फेला पारेको हो । गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।

बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ श्रावण २५, बुधबार १५:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ