मधेसः बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु


काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका २ लच्कामा बस र अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका २ का ४९ वर्षीय ढकबहादुर लुंगेली मगर, ३९ वर्षीय प्रेम ठाडा मगर र अटो चालक ३९ वर्षीय रवि मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर बुढा मगरका अनुसार काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान ५ बजे चन्द्रपुरको लच्कामा ठोक्किएका हुन् ।

घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै गोडामा चोट लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७९ भाद्र २, बिहीबार ०९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ