प्रदिप गिरीको निधनले मर्माहत बनाएको छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका ने प्रदीप गिरीको निधनले आफूलाई मर्माहत भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् शोक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री ओलीले दिवंगत गिरीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले भनेका छन् ।

प्रकाशित : २०७९ भाद्र ५, आईतवार ०९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ