निहारिका राजपुतलाई मधेस सरकारको ५ लाख सहयोग


जनकपुरधाम । न्यायका लागि संघर्षरत निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले आर्थिक सहयोग दिने भएको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णय अनुसार राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् ।

राजपूतले आफू बलात्कारमा परेको र बच्चा जन्मिएको भन्दै बलात्कारका आरोपी र बच्चाको डीएनए परीक्षणको माग गर्दै आएकी छिन् ।

प्रकाशित : २०७९ भाद्र १०, शुक्रबार १४:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ