औरहीमा शिक्षकको कुटाइबाट ६ कक्षामा पढ्ने छात्रा घाइते


महोत्तरी । औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् ।

कक्षा ६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ । छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

कक्षा ६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाथि निर्घात कुटेको गरेको परिवारको आरोप छ । बालिकाको शरीरभरि लठ्ठीको सुम्ला छ । यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।

विद्यालयले पनि शिक्षक यादवले कुटेको स्वीकार गरेको छ । कुटाईपछि हो-हल्ला भएपछि अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ ।

विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ । बालिकाका बुबा साजेन्द्र महराले भने । हामी शिक्षकलाई कडा कारवाही होस् भन्ने चाहन्छौँ ।

शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन् । उनकी आमा सुन्दरकलाले भनिन् ।

प्रधानध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् ।

प्रकाशित : २०७९ भाद्र ११, शनिबार १५:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ