भ्रष्टाचार गरी तीन वर्षमा निर्माण गरेको ट्वीन टावर ९ सेकेण्डमै ध्वस्त


एजेन्सी । भारतको नोयडा राज्यमा दुई ठूला टावर एकैपटक विस्फोट गरेर भत्काइएको छ । आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराएर भत्काइएको हो ।

नियम विपरीत निर्माण गरिएको उक्त दुईवटा गगनचुम्बी भवन ‘नोयडा सुपरटेक ट्वीन टावर’लाई सर्वोच्च अदालतको आदेशपछि ध्वस्त गरिएको हो ।

यसका लागि करिब ३ हजार ७ सय किलो बारूदको प्रयोग गरिएको छ । भवन ध्वस्त गर्नुपूर्व बिहानदेखि भवन छेउछाउको क्षेत्रमा रहेका करिब ७ हजार व्यक्तिका घरलाई पनि खाली गरिएको थियो ।

३२ तले उक्त भवन करिब ९ सेकेन्डमा ध्वस्त बनाइएको हो । उक्त क्षेत्रमा करिब ५ सय ६० प्रहरी, १०० रिजर्भ फोर्स र ४ क्विक रेस्पोन्स टिम एनडीआरएफ तैनाथ गरि सुरक्षा दिइएको थियो ।

भारतको इतिहासमा सबैभन्दा ठूला भवन विस्फोट गराएर भत्काएको यो पहिलो घटना हो । उक्त दुई भवन भारतको ट्वीन टावरका रूपमा परिचित थिए ।

उक्त भवन अवैध रुपमा बनाइएको भन्दै सन् २०१२ मा इलाहावाद हाइकोर्टमा मुद्धा परेको थियो । त्यसपश्चात अदालतले सन् २०१४ मा यसलाई भत्काउन आदेश दिएको थियो । फैसला भएको करिब ८ वर्षपछि भवन ध्वस्त बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : २०७९ भाद्र १२, आईतवार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ