रौतहटबाट २०४ किलो गाँजा बरामद, तस्कर फरार !


रौतहट । रौतहट प्रहरीले सदरमुकाम गौरबाट २०४ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ । गएराति १ बजेको समयमा गौर २ बकैया नदीको किनारबाट सो गाँजा बरामद भएको हो ।

अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरीबल नेपाल वेस क्याम्प गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारततर्फ लैजादै गरेको १७ वटा पोकामा रहेको सो गाँजा सुरक्षाकर्मीलाई देखेपछि तस्कर समुहले फालेर भागेको र उक्त लागु औषध वेवारीसे अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डिएसपी सुनिल मल्लले बताए ।

बरामद भएको गाँजाका बारेमा थप अनुसन्धान भइरहेका डिएसपी मल्लले बताए ।

प्रकाशित : २०७९ भाद्र १३, सोमबार १४:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ