आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?


काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मौसम विभागका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । रातमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने विभागले जनाएको छ ।

प्रकाशित : २०७९ भाद्र १४, मंगलवार ०९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ