मधेस : बर्दीमै डान्स गरेपछि भाइरल बनेका प्रहरी प्रदेशमा तानिए


रौतहट । रौतहटको गढीमाई नगरपालिका ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा स्थानीयले आयोजना गरेको एक कार्यक्रममा बर्दीमै नाचेका प्रहरी नायब निरीक्षक (सई) राजकिशोर साहलाई मधेश प्रदेश प्रहरी कार्यालय तानिएको छ ।

लवन्डा नाच्ने कार्यक्रमको मञ्चमै पुगेर सई साह नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटना लगत्तै प्रहरी आचरणविरुद्ध कार्य गरेको भन्दै जिल्ला प्रहरी गौरले उनलाई चौकीको इन्चार्जबाट हटाएर अनुसन्धान थालेको थियो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी मसउद आलम खाँले सई साहलाई निलम्बन नगरेको बताए ।

‘कारबाही प्रक्रिया अघि बढाएका छौं । निलम्बन गरेका छैनौं,’ उनले भने, ‘अनुसन्धान सकिएपछि दोषी देखिए कारबाही हुन्छ ।’ प्रदेश प्रहरीले सई साह नाचेको भिडियोको सनाखत गर्न लागेको छ ।

प्रकाशित : २०७९ भाद्र १५, बुधबार ०८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ