हिराको आयात खुल्यो, तर गाडी, मदिरा र मोबाइलको आयात अझै प्रतिबन्ध


काठमाडौं । सरकारले विभिन्न ४ प्रकाका वस्तुको आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याएको छ । राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले ४ प्रकारका वस्तुको आयात लम्ब्याएको हो ।

यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकोमा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको छ । अब जीप, कार भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ प्रतिबन्ध हुनेछ ।

यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

आयात प्रतिबन्धले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा समेत सुधार देखिएको छ ।

प्रकाशित : २०७९ भाद्र १५, बुधबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ