१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलिँदै, तलब ५० हजार !


काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रहरी प्रधान कार्यालयले संख्या र बजेट सहितको बिवरण गृह मन्त्रालयलाई बुझाएको थियो । यसपछि गृहले अर्थ मन्त्रालयसँग स्वीकृती मागिसकेको छ ।

अर्थले गत आइतबार माग भए भन्दा ५ हजार संख्या कम गरी १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृती दिएसँगै भर्ना प्रक्रिया अघि बढ्ने भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयबाट स्वीकृती आएको जानकारी दिए ।

गृह मन्त्रालयले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी पूरा गरेकालाई आगामी छनोट प्रक्रियामा प्राथमिकतामा राख्ने गरी तयारी गरेको छ । पुरानाबाट अपुग भएको अवस्थामा नयाँलाई भर्ना गर्ने तयारी छ ।

म्यादी प्रहरीको कार्यकाल पनि स्थानीय तह निर्वाचनमा जस्तै ४० दिनको हुनेछ । उनीहरुले करिब ५० हजार रुपैयाँ पारिश्रमिक (तलब) पाउने बताइएको छ ।

प्रकाशित : २०७९ भाद्र १५, बुधबार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ