हास्य कलाकार ‘जिग्री’ केपी ओलीविरुद्ध झापाबाट चुनाव लड्ने


काठमाडौं । जिग्रीको नामले चिनिने हास्य कलाकार कुमार कट्टेलले प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने सोच रहेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा भाइरल पोस्टरका बारेमा बोल्दै आधिकारिक घोषणा नभए पनि उम्मेदवारी दिने सम्भावना धेरै रहेको बताएका हुन् ।

यतिबेला कुमारले झापा क्षेत्र नम्बर ५ बाट मंसिरमा हुने चुनाव लड्ने भनेर उल्लेख गरिएको पोस्टर भाइरल भएको छ। चुनाव लड्ने कुरा छलफल जारी रहँदा नै साथीहरूले पोस्टर सार्वजनिक गरिदिएको उनले बताएका छन् ।

झापा क्षेत्र नम्बर ५ पूर्व-प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको क्षेत्र हो । सोही क्षेत्रका मतदातासमेत रहेका कुमारले स्वतन्त्रबाट उम्मेदवारी दिने र जनतासँग मिलेर काम गर्ने इच्छा रहेको बताएका छन् । चुनाव नजिकिएका कारण छलफल सकिएपछि छिट्टै आधिकारिक घोषणा पनि गरिने उनले बताएका छन् ।

हास्य कलाकारको रूपमा पहिचान बनाएका कुमार विभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न हुँदै आएका छन् । उनको लेखन तथा अभिनय रहेको टेलिशृंखला ‘सक्किगोनी’ चर्चित छ ।

प्रकाशित : २०७९ भाद्र १५, बुधबार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ