लहान नापी कर्मचारीको बदमासीले सतरा परिवार पीडित


जयनाथ यादव, लहान । नापी कार्यालय लहान, सिरहाका अधिकारीहरुले जग्गामा फर्जी काम गरेको पाइएको छ । लहान नगरपालिका १७ (साविक तरेगना गोविन्दपुर गाविस) बस्ने बसन्त सतरा र दिलिप सतराको संयुक्त नाममा दर्ता कायम साविकको वडा नम्वर ३(क) कित्ता नंं. ३८३ को १ कट्ठा ९ धुर जग्गामा नापी कार्यालय लहानका अधिकारीहरुले फर्जी काम गरेको हुन् ।

जग्गा धनी बसन्त सतराका छोरा श्रीराम सतराका अनुसार पुस्तौंदेखि हामीले जग्गा सुख भोग गर्दै आईरहेको छौ । संधियारहरुले मेरो जग्गा भनी अफवाह फैलाए । त्यसपछि किता नम्वर ३८३ र ५५६ लाई नापजाँच गरिदिन नापी कार्यालय लहानमा २०७८ माघ ३० गते निवेदन दिए ।

नापी कार्यालयले सम्बन्धित वडाका भद्रभलादमी, जनप्रतिनिधि, संधियारहरु र प्रहरी प्रशासनको रोहबरमा २०७८ चैत १८ गते किता नम्वर ३८३ र ५५६ नापजाँच गरेर सालको खुटट समेत गाडे । दुइटै जग्गा एकै जनाको रहेपनि सर्भेक्षक अमिन आशानन्द चौधरी फरक फरक पानामा मुचुल्का उठायो । भद्रभलादमी वडा प्रतिनिधिसंग सहिछाप वडा कार्यालयबाट मुचुल्का प्रमाणित गरायो । हामिलाई झूक्याई कि.नम्वर ३८३ जग्गामा आफुले तामेली बसेन । मिति समेत लेखेन । र नापी कार्यालयमा आउनु भन्यो– उनले सुनाए ।

नापी कार्यालयमा पछी फिल्ड प्रतिवेदनको प्रतिलिपि माग्दा ०७९ वैशाख ११ गते किता नम्वर ५५६ जग्गाको प्रतिवेदन दियो । तर किता नम्वर ३८३ विपक्षीलाई चित नबुझेको तपाईको जग्गा रोक्का भएको भन्यो । हामीले भने विपक्षीले फिल्ड प्रतिवेदन दिन कुन मितिमा रोकाएको कुन प्रमाणको आधारमा उजुरी दर्ता भयो हेराउन भनेपछी नापीका कर्मचारी दिन मानेनन् ।

नापी कार्यालय लहानका प्रमुखलाई सबैको रोहबरमा नाप जाँच भएको दिनको फोटो देखाउँदा सर्वेक्षक र कार्यलय प्रमुखले केहि चासो नदेखाएको पीडितको गुनासो गरे । फेरी कित्ता नम्वर ३८३ जग्गाको फिल्ड प्रतिवेदनको लागी मिति २०७९ श्रावण १२ मा लिखित निवेदन दिए । नापी कार्यालय लहानले फिल्ड प्रतिवेदन २०७९ भदौं २ गतेमा जग्गाको प्रतिवेदनमा वडा अध्यक्षको सहि विना नै कार्यालयको छाप र वडा अध्यक्षको छाप किर्ते जालसाजी गरेको पाइएको छ ।

सर्वेक्षक अमिनले घरमै बसी फर्जी जालसाजी मुचुल्का लेखेर टोलका मान्छेहरुलाई झुक्याई सहीछाप गराएर बुबा बसन्त सतरा रहेको मुचुल्कामा उल्लेख छ तर त्यो दिन आफ्नो बुबा होस्पिटलमा थियो भन्ने प्रमाण आफूसँग रहेको उनको भनाई छ ।
जबकी दुईटै जग्गा २०७८ चैत १८ गते नै नाप जाँच भएको थियो । कित्ता नं. ३८३ मा फरक मिति समेत २०७८ साउन ३० को फिल्ड प्रतिवेदनमा रहेको छ । कार्यलय प्रमुख, सर्वेक्षक अमिन र कर्मचारीहरुको मिलेमतोमा फर्जी जालसाजी काम गरेको उनको आरोप छ ।

स्थानिय संजिव ठाकुरले आफ्नो हो भन्ने दावी गर्दै जग्गामा घेराबेरा लगाउन पनि नदिएको उनको गुनासो छ । नापी कार्यालय लहानका अधिकारीहरुको फर्जी र जालसाजीका कारण आफू अन्यायमा परेको भन्दै न्यायका लागि सम्बन्धित पक्षसँग गुहार मागेका छन् ।

प्रकाशित : २०७९ भाद्र १६, बिहीबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ