लौरो अभियानले सार्वजनिक गर्‍यो उम्मेदवार, को कहाँबाट चुनाव लड्ने ?


काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेका समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको छ ।

बिहीबार ललितपुरको हेरिटेज गार्डेनमा एक समारोहका बीच अभियानको घोषणा गरिएको हो । सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरुसमेत सार्वजनिक गरिएको छ ।

जसअनुसार काठमाडौं ५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं ८ मा सुमन सायमी र काठमाडौं ९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ । त्यस्तै भक्तपुर २ मा दरोस्तभ लोकेन्द्र, कास्की २ मा सिरीष गुरुङ, रौतहट १ मा राहुल मिश्र, रुपन्देही ५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ।

सायमी यसअघि वैशाख ३० को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा लडेका थिए । उनले आँखीझ्याल चुनाव चिन्ह पाएका थिए । बालेनसँगको प्रतिस्पर्धामा लोकप्रिय मत ल्याएका सायमी बालेनको विजयी र्‍यालीमा सहभागी भएका थिए ।

प्रकाशित : २०७९ भाद्र १६, बिहीबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ