आज देशैभर वर्षाको सम्भावना


काठमाडौं । शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली प्रदेश १, बागमती, र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज विहानदेखि सिरहाको लहान क्षेत्रमा पनि वर्षा भइरहेको छ ।

प्रकाशित : २०७९ भाद्र १८, शनिबार ०८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ