मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ ‘ख’बाट उम्मेदवार सिफारिस


पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा १ ‘ख’ बाट उम्मेदवार सिफारिस भएका छन् ।

जसपा पर्सा क्षेत्र नम्वर १ ‘ख’को प्रदेशसभा क्षेत्र समितिले मुख्यमन्त्री राउतलाई उम्मेदवार सिफारिस गरेको हो । गत निर्वाचनमा पनि राउत त्यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा १ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार ०८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ