पर्सा १ : जसपाबाट वनमन्त्री यादवको एकल नाम सिफारिस


वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पर्सा क्षेत्र नम्बर १ बाट वन तथा वातावरणमन्त्री प्रदीपको एकल नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागी सिफारिस गरेको छ ।

शनिबार वीरगञ्जमा बसेको जसपा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले सर्व सहमतिबाट २०७९ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि वनमन्त्री यादवको एकल नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागी सिफारिस गरेको हो ।

यादव २०७४ सालको निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनले नेपाली काङ्ग्रेसका अनिल रुङ्गटा र संविधानसभा सदस्य तथा नेकपा एमालेका विचारी यादवलाई ठूलो मतान्तरले पराजित गरेका थिए ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ