माओवादीका केन्द्रीय सल्लाहकार महोत्तरीका राईन लोसपामा प्रवेश


जनकपुरधाम । नेकपा माओवादीका केन्द्रीय सल्लाहकार कलामुद्दिन राईन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

एक समारोहबीच नेता राईनलाई लोसपाका बरिष्ट नेता शरतसिंह भण्डारीले पार्टीमा स्वागत गरेका हुन् । राईनलाई नेता भण्डारीले लोसपाको सदस्यता समेत प्रदान गरे ।

लोसपा प्रवेश गरेका नेता राईन लोहारपट्टी नगरपालिकामा माओवादीबाट मेयरमा चुनाव लडेका थिए ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार १०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ