राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा, भने- म लज्जित भएँ


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पदबाट राजीनामा दिएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन् । उनले संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित बनाएको बताए ।

सभामुख अग्नी सापकोटाले संसदको विशेष समयमा लिङ्दनेलाई बोल्न ५ मिनेट समय दिएका थिए । लिङदेनले आज संसदमा आफ्नो अन्तिम उपस्थिति भएको भन्दै रोष्ट्रममा नै उभिएर बोल्ने इच्छा व्यक्त गरे र सभामुखले पनि अनुमति दिए ।

लिङदेनले भावुक सम्बोधन गर्दै भने, ‘सभामुख महोदय, यो प्रतिनिधिसभामा यो कार्यकालका लागि आजको वैठक मेरा लागि अन्तिम हो ।’ आफ्नो सम्बोधनमा लिङदेनले निर्वाचन घोषणा भइसकेपछि संसद जीवित रहनु नहुने राप्रपाको मान्यता रहेको उल्लेख गरे ।

‘प्रजातन्त्रमा विश्वास राख्ने राजनीतिक दललहरुले निर्वाचनलाई निस्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि सरकार पनि चुनावी सरकारमा बदल्ने वा निस्पक्ष सरकार बनाउनुपर्छ भन्ने धारणा थियो । तर राप्रपाको संसदमा जति उपस्थिति छ, त्यसले संसदको निर्णयमा फरक पर्दैनथ्यो । त्यसकारण अब व्यक्तिगतरुपमा म संसदमा आउँदिन,’ लिङदेनले भने ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार १५:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ