मन्दिर क्षेत्रका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम


काठमाडौं । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने भएको छ ।

इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ ।

मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन थालेको काठमाडौं महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँबायाँ दूध डेरीमा रहेका पसलहरू हटाउन निर्देशन दिएको हो ।

२४ घण्टा समय दिएर काठमाडौंको सौन्दर्य, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसाय हटाउन निर्देशन दिएका उनले बताए ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार १७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ