गुण्डा नाइके चक्रे मिलनलाई एमालेले गर्यो उम्मेदवार सिफारिस


काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारमा मिलन गुरुङ अर्थात गुण्डा नाइके चक्रे मिलनको नाम सिफारिस गरेको छ ।

प्रदेश कमिटीले जिल्ला कमिटीलाई चक्रे मिलन र पूर्वप्रदेशमन्त्री रामशरण बस्नेतको नाम सिफारिस गरेको अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य आरसी लामिछानेले जानकारी दिए ।

गोरखा क्षेत्र नम्बर १ बाट भने आरसी लामिछाने, डा। बुद्धिप्रसाद देवकोटा र पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिनेशचन्द्र देवकोटाको नाम सिफारिस भएको छ । उक्त नाम जिल्ला कमिटीले केन्द्रीय कमिटीलाई नाम सिफारिस गर्नेछ ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार १८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ