सिरहामा जसपालाई झट्का: दर्जनौं नेता लोसपामा प्रवेश


सिरहा । जनता समाजवादी पार्टी सिरहाका नेताहरु काठमाडौं पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् । नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सिरहा क्षेत्र नम्वर ३ र ४ का दर्जनौं नेता जसपा परित्याग गरी लोसपा रोजेका हुन् ।

लोसपा रोज्नेहरुमा गोलबजारका संजिव कुमार यादव, पवन भण्डारी, सुबोधन कुमार सिंह, देवेन्द्र कुमार महतो, कुलानन्द झा, कुशेश्वर प्रसाद महतो, धनगढीमाई नगरपालिकाका पञ्चलाल महतो लगायतका नेताहरु छन् । उनीहरुलाई काठमाडौंमा एक समारोहबीच लोसपा केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, बरिष्ट नेता राजेन्द्र महतो, नेता डा. सुरेन्द्र झा लगायतले पार्टीमा स्वागत गरे ।

लोसपा प्रवेश गरेकाहरु आफ्नो क्षेत्रमा राम्रा पक्कड जमाएकाहरु छन् । उनीहरु लोसपामा प्रवेश गरेपछि जसपालाई सिरहा क्षेत्र नम्वर ३ र ४ मा धक्का लागेको छ । जसपा प्रदेश, जिल्ला र नगर सदस्यसहित १५ जना लोसपामा प्रवेश गरेको नेता संजीव कुमार यादवले जानकारी दिए ।

जसपा सिरहामा चरम गुटबन्दी र अवसरवाद हावी भएकाले पार्टी परित्याग गरेको उनले बताए । उनले जसपा नेतृत्वले मधेशको एजेण्डाप्रति इमान्दारिता नदेखाएको र चाप्लुसी गर्नेहरुलाई बढी स्पेश दिएको आरोप पनि उनले लगाए । मधेशको एजेण्डामा लोसपा मात्र इमान्दार पार्टी भएको उनले दावी गरे ।

प्रकाशित : २०७९ भाद्र २०, सोमबार ०९:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ