अब लहानको सामुदायिक विद्यालयमा छात्राहरुले निःशुल्क सेनेटरी प्याड पाउने


सिरहा । लहान नगरपालिकाले विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १२ सम्मकी छात्राले अब निःशुल्क सेनेटरी प्याड पाउने भएकी छन् । उनीहरुका लागि लहान नगरपालिकाले १९ विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको हो ।

मेयर महेश चौधरीले आईतवार विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर सेनेटरी प्याड हस्तान्तरण गरे । १९ विद्यालयका प्रधानाध्यापकलाई ३४ हजार ८५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको मेयर चौधरीले जानकारी दिए ।

सेनेटरी प्याड वितरण गर्नका लागि फोकल शिक्षकको रुपमा महिला शिक्षकलाई मात्रै तोक्न र सूचना अधिकारी तोक्न विद्यालयका प्रधानाध्यापकहरुलाई मेयर चौधरीले निर्देशन दिएका छन् । यस्तै विद्यालयमा विद्यार्थीहरुलाई खुवाउने खाजाको तालिका नगरपालिकामा पठाउन, विद्यालयमा देखिएका समस्याहरु समाधान गर्न पनि निर्देशन दिइएको छ ।

मेयर चौधरीले एसइई परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुको सर्टिफिकेट बाड्दा र जिल्लान्तर सरुवामा कुनैपनि शिक्षकबाट अनुचित लाभ नलिन पनि प्रधानाध्यापकहरुसँग आग्रह गरेका छन् ।

प्रकाशित : २०७९ भाद्र २०, सोमबार ०९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ