सर्लाही ४ बाट अमरेश आउट, गगन थापाको एकल नाम उम्मेवारका लागि सिफारिस


सर्लाही । सर्लाहीको क्षेत्र नम्बर(४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन । गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ ।

‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ,’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले भने ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि ४ (क)को प्रत्यक्षमा मधेश प्रदेशका पार्टी उपसभापति एवम् प्रदेश सरकारका महिला, बालवालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहको पनि एकल सिफारिस परेका छ ।

प्रकाशित : २०७९ भाद्र २०, सोमबार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ