बारा ४ बाट महन्थ ठाकुरको नाम सिफारिस


जनकपुरधाम । बारा क्षेत्र नम्वर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर उम्मेदवार सिफारिस भएका छन् ।

लोसपा क्षेत्रिय समितिको आज बसेको बैठकले अध्यक्ष ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । क्षेत्रिय समितिले अध्यक्ष ठाकुरसंगै एकबाल मिया, सिताराम गुप्ता र शिवजी साहको नाम पनि सिफारिस गरिएको छ ।

०७४ को निर्वाचनमा बारा ४ बाट एकबाल मियाँ विजयी भएका थिए । महन्थ ठाकुर भने महोत्तरी ३ बाट विजयी भएका थिए । आसन्न निर्वाचनमा अध्यक्ष ठाकुर क्षेत्र परिवर्तन पनि गर्नसक्ने देखिएको छ ।

बारा ४ (क)बाट घनश्याम गिरी र ४ (ख)बाट जीतेन्द्र सोनलाई उम्मेदवार सिफारिस गरिएको छ । प्रभावशाली नेता सोनल लोसपा मधेस प्रदेश अध्यक्ष र साँसद हुन् ।

प्रकाशित : २०७९ भाद्र २०, सोमबार १६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ