धनुषा ३ बाट राजेन्द्र महतो लड्ने निश्चित, एकल नाम सिफारिस


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् ।

लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

साहका अनुसार यस क्षेत्रबाट नेता महतोको एकल नाम सिफारिस गरिएको छ । महतो २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका थिए ।

यो क्षेत्रबाट नेकपा एमालेले जुली महतोको नाम सिफारिस गरेको छ । अन्य दलले अहिलेसम्म उम्मेदवार सिफारिस गरेको छैन ।

प्रकाशित : २०७९ भाद्र २०, सोमबार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ