धनुषा प्रदेशसभा क्षेत्र २ ‘क’मा एमालेबाट लखन दास उम्मेदवार सिफारिस


विपिन यादव, जनकपुरधाम । धनुषा प्रदेशसभा क्षेत्र नम्वर २ (क)बाट नेकपा एमालेले लखन दासलाई उम्मेदवार बनाउने भएको छ ।

आज बसेको एमालेको प्रदेशसभा क्षेत्र समितिले दासको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । एकल नाम सिफारिस भएका कारण दास नै उम्मेदवार बन्ने निश्चित भएको छ ।

प्रदेशसभाका उम्मेदवार सिफारिस भएका दास विदेह नगरपालिकाका मेयर बेचन दासका भाई हुन् । उक्त प्रदेशसभा क्षेत्रमा मेयर दासको पनि राम्रो पक्कड रहेको छ ।

यता, प्रतिनिधिसभा क्षेत्र नम्वर २ र प्रदेशसभा क्षेत्र नम्वर २ (ख)बाट एमालेको उम्मेदवार टुंगो लाग्न सकेका छैन । प्रदेशसभा २ (ख)बाट संजीव झालाई एमालेले उम्मेदवार खडा गर्ने चर्चा चलिरहेको छ ।

प्रकाशित : २०७९ भाद्र २०, सोमबार १७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ