मधेसका मन्त्री महतोले दिवंगत बुवा र पिएका नाममा छुट्याए ७५ लाख रुपैयाँ


जनकपुरधाम । मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले दिवंगत बुवा र पिएको नाममा ठूलो रकम विनियोजन गरेको खुलासा भएको छ ।

नेकपा एकिकृत समाजवादीबाट मन्त्री बनेका महतोले बुवाको नाममा धर्मशाला र पिएको नाममा स्मृति पार्क तथा संग्राहालय निर्माणका लागि बजेट छुट्याएको हो ।

मन्त्री महतोले आफ्नो बुवा दशैं महतोको नाममा गृह गाउँ धनुषाको मिथिला नगरपालिका २ मा धर्मशाला निर्माण गर्न ४० लाख रुपैया विनियोजन गरेका छन् । यस्तै दिवंगत पिए राजन गोलेको नाममा स्मृति पार्कका लागि १५ लाख तथा संग्राहालयका लागि २० लाख रुपैया विनियोजन गरेको बुझिएको छ ।

विमान दुर्घटनामा गोलेको तीन महिना अगाडी मृत्यू भएको थियो । उनको गृह गाउँ मिथिला नगरपालिका ११ लोहटामा राजन गोले स्मृति पार्क र सांस्कृतिक संग्राहालय निर्माण गर्ने मन्त्री महतोको योजना छ ।

मन्त्री महतोले बुवा एउटा समाजसेवी व्यक्ति भएकाले र स्थानीयवासीको माग भएअनुसार गोलेको नाममा बजेट विनियोजन गरिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : २०७९ भाद्र २१, मंगलवार ०८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ