केन्द्रको राज्यमन्त्री यादव धनुषाबाट प्रदेशमा उम्मेदवार सिफारिस


जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) धनुषाले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवको नाम प्रदेश सभामा सिफारिस गरेको छ ।

मंगलबार बसेको जिल्ला कमिटी बैठकले निर्वाचन क्षेत्र नं. १ को ‘क’ बाट उनको नाम सिफारिस गरेको हो । मन्त्री यादवसहित जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दीपक’ र रोशन यादवको नाम सिफारिस गरिएको छ ।

यो क्षेत्रमा प्रतिनिधि सभातर्फ भने मातृका यादवको एकल नाम सिफारिस भएको छ । मातृका यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख)का लागि सरोज यादव, प्रदीप साह, गुलाव यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतोको नाम केन्द्रीय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए ।

उनका अनुसार निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभातर्फ योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. २ (क)बाट देवचन्द्र यादव र रेखा मडलको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नं. २ (ख)बाट श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, धनुषाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि सौखीलाल पासवान र युगेश्वर यादवको नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं। ३ ९क० बाट अनिल पासवान, चन्द्रशेखर साह तथा क्षेत्र नं. ३ (ख)बाट महेश यादव सिफारिस भएका छन् ।

निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ । धनुषाको निर्वाचन क्षेत्र नं. ४ (क)बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नं. ४ (ख)बाट प्रदेश सभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको संयोजक दीपक यादवले बताए ।

प्रकाशित : २०७९ भाद्र २२, बुधबार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ