उपेन्द्रको क्षेत्रबाट पनि महन्थको नाम सिफारिस


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर सप्तरी क्षेत्र नम्वर २ बाट पनि उम्मेदवार सिफारिस भएका छन् ।

लोसपा प्रतिनिधिसभा क्षेत्रिय समितिले अध्यक्ष ठाकुरलाई सम्मेवार सिफारिस गरेको हो । अध्यक्ष ठाकुरसँगै नेता जय प्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको लोसपा सप्तरीले जनाएको छ ।

गत आम निर्वाचनमा सप्तरी २ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव निर्वाचित निर्वाचित भएका थिए । यादव योसहित १० क्षेत्रबाट उम्मेदवार सिफारिस भइसकेका छन् ।

लोसपा अध्यक्ष ठाकुर गत निर्वाचनमा महोत्तरी ३ बाट निर्वाचित भएका थिए । उनी सप्तरी २ भन्दा अगाडी महोत्तरी ३ र बारा ४ बाट पनि सिफारिस भइसकेका छन् ।

शिर्ष नेताहरु विभिन्न क्षेत्रबाट सिफारिस हुनुको मुख्य कारण आफ्नै क्षेत्रमा असुरक्षित महसुस हुनु भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

प्रकाशित : २०७९ भाद्र २२, बुधबार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ