मधेस : बच्चा चोर भन्दै तीन महिलालाई पक्रेर प्रहरीमा बुझाइयो


वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका १ का स्थानीयले बच्चा चोर भन्दै तीन महिलालाई पक्रेर प्रहरीमा बुझाएका छन् ।

पक्राउ परेकी तीनै महिला भारतीय नागरिक हुन् । उनीहरुलाई वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको छ ।

जडिबुटी, पतंजली तथा आयुर्वेदीक औषधी तथा केहि पत्थर लगायतका सामान बेच्न नेपाल आएको प्रारम्भीक अनुसन्धानमा देखिएको वडा प्रहरी कार्यालय विर्ताका इन्सपेक्टर विशाल मल्लले जानकारी दिए ।

उनका अनुसार महिलाहरु अहिले नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७९ भाद्र २२, बुधबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ