सिरहा २ बाट माओवादी अध्यक्ष प्रचण्डको नाम पनि सिफारिस


टुडेखोज, सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहा २ बाट पनि उम्मेदवार सिफारिस भएका छन् ।

प्रचण्डले चितवनबाट लड्ने भनिसकेका छन् । तर माओवादी धनगढीमाई नगरपालिकाले प्रचण्ड र विश्वनाथ साहको नाम र प्रदेश २ ‘क’मा हरिनारायण चौधरीको सिफारिस गरेको छ । चौधरी धनगढीमाईका पूर्व मेयर हुन् । यो पटक भने उनी मेयरमा पराजित भए ।

यस्तै क्षेत्र नम्वर २ मै पर्ने बरियारपट्टी गाउँपालिकाबाट माओवादीले सुरेशचन्द्र दासलाई सिफारिस गरेको छ । दास ०७४ मा यही क्षेत्रबाट जितेका थिए । तर यो पटक भने उनलाई माओवादीलाई टिकट दिने पक्षमा देखिएको छैन ।

माओवादी सिरहामा आन्तरिक द्वन्द चलिरहेका कारण गाउँ÷नगर समितिहरुले आफू खुशी उम्मेदवार सिफारिस गर्न थालेको छ । उम्मेदवार सिफारिस गाउँ÷नगरले गर्न थालेपनि टुङ्गो केन्द्रीय समितिले नै लगाउने माओवादी नेताहरु बताउँछन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँडमा माओवादीको भागमा यो क्षेत्र परेमा विश्वनाथ साह उम्मेदवार हुने चर्चा चलेको छ । तर जसपालाई यो क्षेत्र परेमा माओवादीले प्रदेश २ ‘ख’बाट जीवछ यादवलाई उम्मेदवार बनाउने बुझिएको छ ।

प्रकाशित : २०७९ भाद्र २३, बिहीबार ०७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ