टिकटक बन्द गर्नुपर्ने भन्दै मधेसको राजधानीमा प्रदर्शन, मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो


जनकपुरधाम । नेपालमा टिकटक एप बन्द गर्नुपर्ने माग राखेर यूवाहरुले आज मधेसको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

जनकपुरधामको विभिन्न भागमा प्रदर्शन पश्चात यूवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए । तर मुख्यमन्त्री राउत कार्यालयमा नभेटेपछि कर्मचारीलाई ज्ञापन पत्र बुझाएको छ ।

‘टिकटकका कारण मधेसका चेलीबेटीहरु शारीरिक शोषणका सिकार हुने गरेको र यहाँका यूवतीहरु आर्थिक प्रभावमा परेर आफ्नो गोप्य अंग देखाउने गरेकाले समाजमा विकृति बढेको भन्दै टिकटक बन्द गराउनुपर्ने यूवाहरुको भनाई छ ‌‌।

कला प्रदर्शनीको बहानामा अश्लीलता, अभद्रता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेको हुनाले नेपालमा टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने मुख्यमंत्री राउतलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

टिकटक बन्द गराउन यूवाहरुले संघर्ष समिति नै बनाएको छ । समितिको केन्द्रीय संयोजक सुमन चौधरी छन् । उनले मधेसका जिल्लाहरुमा टिकटक बन्द संघर्ष समिति बनाएको छ।

यसअघि समितिले विभिन्न जिल्लाका सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर टिकटक बन्द गर्न सरकार चासो नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको जनाएको छ ।

प्रकाशित : २०७९ भाद्र २३, बिहीबार १५:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ