रवि लामिछानेको पार्टीमा तीन नयाँ अनुहार भित्रिए, चुनावमा गर्ला चमत्कार ?


काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा तीनजना केन्द्रीय सदस्य थपिएका छन् ।

बिहीबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले केन्द्रीय समितिमा डा. अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई मनोनीत गरेको हो ।

डा. पाँडे वातावरणविद्, सुमना उद्यमी, गणेश वातावरण विज्ञानका विद्यार्थी हुन् । आसन्न निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारसँग तालमेलका लागि सो पार्टीले वार्ता समिति पनि गठन गरेको छ ।

सहमहामन्त्री कविन्द्र बलाकोटी संयोजक रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरू गणेश पराजुली, डा. अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की सदस्य छन् ।

प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार १७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ