बलात्कार मुद्दामा फरार लहानका उपमेयर महतो प्रहरीमा हाजिर


टुडेखोज, लहान । बलात्कार मुद्दामा फरार लहान नगरपालिकाका उपमेयर रामचलित्तर महतो ईलाका प्रहरी कार्यालय लहानमा हाजिर भएका छन् ।

जागिर लगाइदिने प्रलोभन देखाएर आफ्नो कार्यकक्षको गोप्य कक्षमा लगेर जर्वजस्ती करणीको प्रयास गरेको भन्दै एक महिलाले करिब डेढ महिना अगाडी उपमेयर महतोमाथि उजुरी दिएकी थिइन् । त्यसपछि फरार उपमेयर महतो आज हाजिर भएको बुझिएको छ ।

उपमेयर महतो हाजिर भएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार १८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ