१ लाख १५ हजार म्यादी प्रहरीका लागि खुल्यो भर्ना, हेर्नुस् डिटेल


काठमाडौं । नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो ।

भदौ ३० देखि असोज ६ गतेसम्म दर्खास्त दिन प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ४४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

जिल्ला प्रहरी परिसर (काठमाडौ, भक्तपुर, ललितपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरर्खास्त फारम पाइने छ । कार्यदिन ४० दिनका लागि करिब ५० हजार तलब तोकिएको छ ।

प्रकाशित : २०७९ भाद्र २६, आईतवार ०९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ