मधेसमा बढ्दै एमाले क्रेजः निवर्तमान चार मेयरसहित जसपा र कांग्रेस नेताहरू एमालेमा प्रवेश


काठमाडौं । सर्लाहीका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख तथा जसपा नेपालका नेता मेथुर चौधरीसहित जिल्लाका प्रभावशाली नेता तथा जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेमा मलंगवा नगरपालिकाका निवर्तमान मेयर निरसल साह, पर्सा गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता किसुनदेव यादव, कौडेना गाउँपालिकाका निवर्तमान अध्यक्ष राजीनन्दन चौधरीसमेत छन् ।

त्यस्तै नेपाली कांग्रेसका नेता जुनैद रिजबीसहित चारवटा निर्वाचित वडाध्यक्षपनि एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा जसपा नेताहरू बैधनाथ राय, नन्दकिशोर राय, वीरेन्द्र राय, माओवादी नेता सनम नेपाललगायत रहेको एमाले नेता विदुर प्याकुरेलले जानकारी दिए ।

प्रकाशित : २०७९ भाद्र २६, आईतवार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ