Sad News: पहिरोमा घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु


काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका ४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो ।

निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो । आमा लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो । स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित : २०७९ भाद्र ३०, बिहीबार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ