नवराजपुरका अध्यक्ष यादव भन्छन्– बालबालिकालाई सरल र असल बन्न प्रेरित गर्नुपर्छ


जयनाथ यादव, सिरहा । ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ नाराका साथ ५८ औं राष्ट्रिय वाल दिवस २०७९ को अवसरमा सिरहाको नवराजपुर गाउँपालिकामा विभिन्न कार्यक्रम गरिएको छ ।

गाउँपालिकाको श्री रमेश महतो स्मृती जनता मा.विमा हाजिरी जवाव प्रतियोगिता कार्यक्रम र ११ कक्षाको संचालन भएको हो । गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा)को प्रमुख आतिथ्य र उपाध्यक्ष पुनम कुमारी यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमा वडाध्यक्षहरु पनि उपस्थित थिए ।

गाउँपालिका अध्यक्ष यादवले वाल दिवसको शुभकामना दिदै भने– निर्दोष आँखा, निर्दोष हाँसो, निर्दोष मन, हैरान पार्नेगरी दोहरीने सामान्य प्रश्न, अवोध गतिविधि सानो कुरामा खुशी र दुखी हुने बानी, अनी असीमित सपना बौकेका यी कलिला बालबालिका र उनीहरुको सुरक्षा एंव संरक्षणका लागि बाल दिवस मनाइन्छ ।

बालबालिकाहरु बर्तमानका साझेदार र भविश्यका कर्णधार हो भन्दै अध्यक्ष यादवले बालबालिकालाई उचित लगानी गरेर हुर्काउन सकिएन भने भविश्यमा सभ्य समाज वा देशको परिकल्पना गर्न नसकिने बताए । बालबालिकाहरुको सर्वाङ्गिन बिकास बिना गाउँपालिका र देश बिकासको परिकल्पना गर्नु पनि निरर्थक हुने उनको भनाई थियो ।

‘बालापनमा आमाको स्पर्शले माया ममता सिकाउँछ, बाबाको हातको ठेलाले संघर्ष सिकाउँछ । स्कुलमा गुरुहरुले दिनुभएको गृहकार्यले अनुशासन सिकाउँछ । बेन्चमा संगै बस्ने साथीले मित्रता सिकाउँछ । बाटोमा हिँड्दा लागेका ठेसहरुले अघि बढ्न सिकाउँछ । तसर्थ यो समयमा बालबालिकालाई सत्य र आशावादी बन्न हरेक हिसाबले हामीले सिकाउनु पर्छ– उनले भने ।

हरेक बच्चा आफैंमा विशेष हुन्छ भन्दै अध्यक्ष यादवले उनीहरुलाई पढाई र अन्य व्यवहारमा अरुसंग तुलना गर्न नहुने तर्क गरे । बालबालिकामा भएको क्षमता पहिचान गरी त्यसलाई उजागर गर्न प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । उनले भने– बालबालिकालाई सरल र असल बन्न प्रेरित गर्नु उपयुक्त वातावरण निर्माण गरी उपयुक्त पठनपाठन मिलाउन अभिभावकहरुको उत्तरदायी र कर्तव्य हो ।

बालअधिकार सुनिश्चित भए मात्र गाउँपालिका समृद्ध बन्ने पनि अध्यक्ष यादवले बताए । उनले आफुले गरेको बाचा नबिर्सिएको भन्दै बालमैत्रीपूर्ण गाउँपालिका बनाउने प्रतिवद्धता जनाए ।

प्रकाशित : २०७९ भाद्र ३०, बिहीबार १६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ