टिकापुर घटनाका आरोपीहरूको मुद्दा खारेज गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले टीकापुर घटनाका आरोपीहरूको मुद्दा खारेज गर्ने निर्णय गरेको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

प्रक्रिया मिलाएर मुद्दा फिर्ता गरिने समेत स्रोतको दाबी छ ।

प्रकाशित : २०७९ भाद्र ३०, बिहीबार १८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ