जितिया पर्वको अवसरमा सार्वजनिक बिदा


जनकपुरधाम । जितिया पर्वको अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्का) चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ ।

मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो । ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् ।

नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ ।थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् । रासस

प्रकाशित : २०७९ आश्विन २, आईतवार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ