विवेकशील साझाको समानुपातिक सूचीमा पहिलो नम्बरमा निरुपमा यादव


काठमाडौं । विवेकशील साझा पार्टीले निरुपमा यादवलाई पहिलो नम्बरमा राखेर प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरको सूची बुझाएको छ ।

पार्टीले सोमबार बुझाएको सूचीको पहिलो नम्बरमा यादव, दोस्रो नम्बरमा निर्जला कक्षपति, तेस्रो नम्बरमा सरस्वती पन्थी भुसाल, चौथो नम्बरमा राम साह छन् । त्यसपछि क्रमशः लक्ष्मी घिमिरे, दीपक रेग्मी, सुरज प्रधानको नाम छ ।

यादव २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार भएकी थिइन् ।

प्रकाशित : २०७९ आश्विन ४, मंगलवार ०८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ